ad

गौचनलाई सहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक, परिवारले शव बुझेपछि आज अन्त्येष्टि

नेपाल लाइभ

Nepal Live

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएका छन्। 

सोमबार दिउँसो हत्या गरिएका गौचनलाई सहिद घोषणा, हत्याराको पहिचान, व्यवसायीको सुरक्षा लगायत माग राखी उनको शव परिवारले जिम्मा लिएका थिएनन्। 

गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीबीच बुधबार भएको भेटमा गौचनलाई सहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताए। यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाएका छन्।

महासंघका एसोशिएट सदस्य शिवहरि घिमिरेले मृतक गौचनको शवलाई श्रद्धाञ्जलीका लागि आज ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिनेछ। 'त्यसपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिनेछ,' उनले भने।

अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घन्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ। 

गौचनलाई सोमबार अपराह्न मोटरसाइकलमा आएका अज्ञात दुई जनाले नयाँ बानेश्वरमा गोली प्रहार गरी हत्या गरेका थिए।रासस
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

Nepal Live

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी– पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा

बैतडी: चितुवा मार्न प्रहरी परिचालन

Nepal Live

बैतडी– बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी

डोल्पावासीको चामल दुई वर्षदेखि काठमाडौंमै

Nepal Live

डोल्पा (दुनै) - डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल

नेसनल मेडिकल कलेजद्वारा आमा सुरक्षा कार्यक्रममा अनियमितता

Nepal Live

वीरगञ्ज– वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विगत ५ वर्षदेखि

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

Nepal Live

धनगढी– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं

पढ्नै पर्ने