एनआरएन उपाध्यक्षका लागि उम्मेदवारी घोषणा, कोको छन् दाबेदार?

नेपाल लाइभ

Nepal Live

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएन) आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। 

एक महिला उपाध्यक्ष तथा दुई पुरुष उपाध्यक्ष पदमा उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन्। 

अष्ट्रेलियामा बसोबास गर्दै आएकी रञ्जु वाग्लेले महिला उपाध्यक्षमा तथा सोनाम लामा, चिरञ्जीवी थापा, पारशमणि पोखरेल, ज्ञानेन्द्रराज गौतम, कुमार पन्थ तथा कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। 

उपाध्यक्षका दावेदार सोनाम लामाले आफूले जितेमा एनआरएनलाई एकताबद्ध गर्ने तथा नेपालका युवालाई रोजगारी दिने आश्वासन दिए। चिरञ्जीवी थापाले विदेशमा संगालेको अनुभव, ज्ञान र शीप नेपालमा भित्र्याउने बताए।  अर्का उम्मेदवार पारशमणि पोखरेलले स्टप एनआरएन अभियान सुरु गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, संघको मध्यपूर्व संयोजकमा उम्मेदवार दिएका उपसंयोजक धर्मराज गिरीले परिवर्तनको आभास दिने अठोट व्यक्त गरेका छन्। उपाध्यक्षका उम्मेदवार कुमार पन्थ तथा कुल आचार्यले नेपालको विकासका लागि सामूहिक लगानी भित्र्याउने बताए। 

हाल विश्वका विभिन्न ७७ मुलुकमा करिब ६५ लाख नेपाली बसोबास गर्दै आएको अनुमान छ।

पढ्नै पर्ने