ad

४० वर्षपछि मनोज बने मोनिका, जसको जोडीले पायो तेस्रोलिंगी विवाहको पहिलो प्रमाणपत्र

नेपाल लाइभ

Nepal Live

काठमाडौं- तेस्रोलिंगी मोनिका शाही नाथले कल्पना समेत गरेकी थिइनन् उनी बेहुली हुनेछिन् र कसैले उनलाई बुहारीका रुपमा स्वीकार गर्नेछ। तर, उनको जोडीले नेपालमा इतिहास रचेको छ। ४० वर्षीया मोनिका शाहीको विवाह २२ वर्षीय रमेशनाथ योगीसँग भयो। उनीहरुले डडेल्धुराको पर्शुराम नगरपालिकाबाट विवाह दर्ता प्रमाणपत्र पाएका हुन्। मोनिका र रमेश विवाह दर्ता प्रमाणपत्र पाउने पहिलो तेस्रोलिंगी जोडी हुन्।

तेस्रोलिंगीलाई पहिचान दिन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ। अब नागरिकता र पासपोर्टमा उनीहरुले पहिचान खुलाउन पाउँछन्। अदालतबाट आदेश आए पनि पहिचान पाउनका लागि तेस्रोलिंगीहरुले धेरै संघर्ष गर्नुपरेको छ। 

'हामी धेरै भाग्यमानी जोडी हौँ र खुसी छौँ। श्रीमान्-श्रीमतीका रुपमा समाजले हामीलाई स्वीकार गर्योज,' सन् २०१५ मा आफ्नो पासर्पोटमा रहेको पहिचानको स्थानमा 'अन्य' उल्लेख गराएका रमेशनाथ भन्छन्।

कैलालीकी मोनिकाको परिचय गाउँमा हुँदा मनोज थियो। उनलाई गाउँघरमा सबैले छोराका रुपमा देखे पनि उनी घरबाहिर निस्किँदा छोरी बनेर हिँड्न रुचाउँथिन्।

'म घरबाट बाहिर हुँदा महिला हुन मन पराउँथे,' उनले भनिन्, 'दिदीको लुगा लुकाएर लैजान्थें र सहरतिर पुगेपछि केटीको ड्रेसमा सजिन्थें। तर मेरो यो चाहना घरमा भन्न डराउँथेँ।'

तेस्रोलिंगीका अधिकारको पक्षमा वकालत गर्ने मोनिकाले घरमा भने आफ्नो चाहनाबारे परिवारका सदस्यसँग खुलेर कुरा गर्न सकेकी थिइनन्। जब उनी बेहुली बनेर डडेल्धुरा पुगिन् महिलाको भेषमा सिँगारिने उनको सपना पूरा भयो। त्यसअघि मोनिकालाई गाउँमा केटो भनेर सबैले मनोज भन्दै बोलाउँथे।

विवाहपछि उनलाई सबैले महिलाकै रुपमा व्यवहार गर्न थालेको उनको अनुभव छ। 'म आफूलाई अहिले पूर्णतया महिला मान्छु, मेरो विवाहपछि सबैले मलाई महिलाकै रुपमा व्यवहार गर्न थाल्नुभएको छ,' उनी भन्छिन्।

रमेश र मोनिकाबीच विवाह गर्न पहिला परिवार राजी भएको थिएन। पछि परिवार र समाजले उनीहरुलाई स्वीकार गर्यो। 'परिवार र समाजसँग मोनिकाको व्यवहार निकै राम्रो छ, हामीले पहिला गलत सोचेका रहेछौँ,' उनकी छिमेकी लक्ष्मीनाथ विष्टले भनिन्।

नेपालमा तेस्रोलिंगीको पहिचानबारे कानुन र फैसला प्रगतिशील भए पनि सामाजिक व्यवहार भने पश्चगामीनै छ। समलिंगी विवाहलाई मान्यता दिने कानुन दुई वर्षअघि मस्यौदा भए पनि पारित भएको छैन। यी जोडी तेस्रोलिंगी सम्बन्धी प्रगतिशील कानुनको प्रभावकारी कार्यान्वयनको माग गर्छन्।

'हामी श्रीमान्-श्रीमती हुन पायौं यसमा अत्यन्त खुसी छौँ, तर सरकारले कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गरोस्, आफूलाई प्रेम गर्ने जसले जसलाई पनि सहजै विवाह गर्न सकोस्,' दुवैले चाहना व्यक्त गरे।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने

Nepal Live

कञ्चनपुर - कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी

सोलुखुम्बुमा आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

Nepal Live

सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

Nepal Live

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी- पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

Nepal Live

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका

झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

Nepal Live

बनियानी (झापा)- झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ

पढ्नै पर्ने