ad

चितवनमा ‘गुट्खामुक्त अभियान’ शुरु

नेपाल लाइभ

Nepal Live

रत्ननगर– फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ। 

गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिए।  

विगतमा ७५ हप्तासम्म चलाइएको सरसफाई अभियानअन्तर्गत फोहरको सबैभन्दा ठूलो स्रोत गुट्खा देखिएको र यसबाट स्वास्थ्यमा समेत नाकारात्मक असरपर्ने भएकाले यो अभियान सञ्चालन गरिएकोे कँडेलले बताए।  

जिल्लामा यस विरुद्ध हस्ताक्षर चलाइएको र अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरिएको छ, उहाँले भन्नुभयो –विगत १६ महिनादेखि सरसफाइ अभियान शुरु गरेको समूहले हरेक सोमबार विभिन्न स्थानमा पुगेर सरसफाइ गर्दैआएको छ। 

‘हप्तामा एक दिन एकछिन समाजका लागि’ भन्ने नारासहित उनीहरुले अभियान चलाएका हुन् । सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिक अत्याधिक देखिएकाले यो अभियान आवश्यक परेको अर्का अभियान्ता नारायण सापकोटा बताउछन्। मानव स्वास्थ्यका लागि समेत असर पर्ने भएकाले गुट्खा प्रयोग रोक्नुपर्ने उनको तर्क छ। 

प्लास्टिकजन्य फोहरका कारण शहरबजार दुर्गन्धित हुने गरेकाले प्लास्टिकजन्य बस्तुको नियन्त्रण आवश्यक भएको उनले बताए। 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीले नाफामुखी भन्दा पनि समाजप्रतिको दायित्वसमेत निर्वाह गर्नुपर्नेमा जोड दिदैं अभियानलाई सकारात्मक रुपमा लिएको बताए।  

यो अभियान मानव स्वास्थ्यकै लागि महत्वपूर्ण भएको अभियान्ता भोजनारायण कँडेलले बताए।  

फेसबुकबाट गठन भएको युवाहरुको वे ग्रेपले सञ्चालन गरेको सरसफाइ अभियान अहिले प्रभावकारी हुँदै गएको छ। रासस 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने

Nepal Live

कञ्चनपुर - कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी

सोलुखुम्बुमा आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

Nepal Live

सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

Nepal Live

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी- पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

Nepal Live

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका

झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

Nepal Live

बनियानी (झापा)- झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ

पढ्नै पर्ने