ad

'घाटुसरी' लिएर झुमा युरोप जाने

नेपाल लाइभ

Nepal Live

काठमाडौं – गायिका झुमा लिम्बूले निर्माण गरेको सांगीतिक र सांस्कृतिक वृत्तचित्र ‘घाटुसरी’ युरोपका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। 

नेपाली संगीत परम्परा र सांस्कृतिक अन्तर्सम्बन्धका मौलिक विशेषताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने उद्देश्यले आफू युरोप भ्रमणमा जान लागेको झुमाले बताइन् । मंगलबार वृत्तचित्र प्रदर्शनपछि फिल्मकर्मी, लेखक र पत्रकारमाझ उनले भनिन्, ‘यसअघि मुन्धुममा गायनको विकासक्रमबारे अध्ययन गरेकी थिएँ । तर यस पटक घाटुसरीभित्रको सांगीतिक प्रभाव र परम्पराबारे अध्ययन गरेकी छु।’ 

घाटुसरी परम्परा लमजुङ जिल्लाका स्थानीय गुरुङ, मगर, दुरा, कुमाल र बराम जातिमा प्रचलित छ । झुमाको अध्ययन, अनुसन्धान भने नाल्मा र बेसी सहरमा प्रचलित गुरुङ परम्पराको सतीघाटुमा केन्द्रित छ । घाटुसरीको लयमा झुम्दै नृत्यांगना बेहोस हुने र संगीतबाटै फेरि ब्युँझने शक्ति देखेर मनमा अनेक जिज्ञासा जन्मेको झुमा बताउँछिन्। 

मुन्धुम संस्कृतिमा आधारित पछिल्लो गीतिसंग्रह 'खासाम' तयार पार्ने क्रममा झुमाले पूर्वी नेपालका पहाडी भूभागदेखि भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किमको विभिन्न ठाउँमा बसेर अध्ययन गरेकी थिइन् । यस पटक मध्य नेपाललाई सांगीतिक सोधखोजको ठाउँ बनाएकी उनी भविष्यमा सुदूरपश्चिम लगायतका भेगका संगीत संस्कृतिको अनुसन्धान गर्ने तयारीमा छिन्।

संगीतसम्बन्धी जानकारी बटुल्नकै लागि अनेक ठाउँ घुमेकी उनी भन्छिन्, ‘कतिपय गीत-संगीतका लागि घुम्नैपर्ने हुन्छ । कोठाभित्र रचिएका गीत-संगीत पनि मीठो त सुनिएलान्, तर त्यस्ता गीत-संगीतले कुनै पनि संगीतको साँचो प्रतिनिधित्व गर्न सक्दैनन्।’ 

घुमेर लोकजीवन र संस्कारजन्य अभ्यासका कुरा टिप्न सक्यो भने मात्र त्यसबाट मौलिकता निस्किने उनको मान्यता छ।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

Nepal Live

काठमाडौँ- काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने

एक साता धकेलियो 'ऐश्वर्य' रिलिज

Nepal Live

काठमाडौं- लामो अमेरिका बसाइपछि नेपाल फर्किएका अभिनेता रमेश उप्रेतीको 'ऐश्वर्य'ले

'रानी'को टिजरमा यस्तो देखिइन् पूर्व मिस नेपाल मलिना

Nepal Live

काठमाडौं - कात्तिक २ लाई रिलिज मिति तोकेको 'रानी' फिल्मको टिजर

'गोल्डेन ब्वाई' नाटकमा नम्रता

Nepal Live

काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठ पुन: रंगमञ्चमा देखिने भएकी छन्

सलमानका पिता भन्छन् - यस कारण चलेन सलमान र शाहरूखको फिल्म

Nepal Live

बलिउड वक्सअफिसका शक्ति केन्द्र मानिएका अभिनेताद्वय सलमान खान तथा शारूखानका

पढ्नै पर्ने