ad

वैदेशिक रोजगारको दु:ख: दर्जनौं शव फर्कन्छन्, ९० प्रतिशत रोल्पालीको गन्तव्य खाडी

उमा केसी

Nepal Live

रोल्पा- रोल्पाबाट वैदेशिक रोजगारीमा खाडी मुलुक गएकामध्ये बर्सेनि ठूलो संख्यामा मृत्यु हुने गरेको पाइएको छ। 

जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या उल्लेख्य भए पनि मृत्यु हुने भने सबै पुरुष मात्रै रहेका छन्। घर्तीगाउँ–७ रोल्पाका हरिप्रसाद कामीको २०७३ कात्तिक २० गते मृत्यु भएको थियो। ३० वर्षीय हरिप्रसाद रोजगारीको सिलसिलामा २० महिनाअघि कतार गएका थिए। ब्लड क्यान्सरका कारण उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ। 

रोल्पा जंकोटका ४१ वर्षीय तुलसी विक्रम पुन रोजगारीकै क्रममा मृत्यु भएका अर्का रोल्पाली हुन्। मलेसियाको क्वालालम्पुरमा रहेको एक भारतीय कम्पनीमा काम गर्दै आएका पुनको २०७३ कात्तिक २४ मा मृत्यु भएको थियो। पुनको उच्च रक्तचापका कारण मृत्यु भएको हो।

रोल्पा नगरपालिका–४ गुरुङगाउँका खुमबहादुर गुरुङको साउदीमा मृत्यु भएपनि शव नेपाल आइपुग्न डेढ वर्ष लागेको थियो। साउदी अरबमा काम गर्दै गरेका गुरुङलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो। 

रोल्पाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु भएका रोल्पालीका प्रतिनिधि पात्र हुन कामी, पुन र घर्ती। उनीहरु जस्तै रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको संख्या आर्थिक वर्ष ०७१/०७२ मा ११ जना रहेको थियो। यसैगरी, आव ०७२/०७३ मा यो संख्या बढेर २२ पुगेकोमा आव ०७३/०७४ मा यो संख्या १९ रह्यो।

मृत्युपश्चात् मृतकका हकदारले रु १० लाखदेखि दुई करोड ३० लाखसम्म क्षतिपूर्ति बुझेको जिल्ला प्रशासन कार्यालय, रोल्पाले जानकारी दिएको छ। मृतकका परिवारलाई क्षतिपूर्तिका लागि आवश्यक कागजात पूरा भएर आउने बित्तिकै तत्काल भुक्तानी दिने गरिएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए।

कोरिया, जापान, अमेरिका, अष्ट्रेलियाजस्ता देशमा केही रोल्पाली रोजगारीका लागि पुगे पनि झन्डै ९० प्रतिशतभन्दा बढी रोल्पालीको रोजगारीको गन्तव्य खाडीमुलुक रहेको छ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिने गर्दछन्। आव २०७२/०७३ मा राहदानी लिने रोल्पालीको संख्या ६ हजार ८५६ जना रहेको थियो भने आव ०७३/०७४ मा ४ हजार २३६ जनाले राहदानी लिए। 

असुरक्षित श्रम, आवश्यक ज्ञान सीपको अभाव तथा जोखिमपूर्ण काममा जानुपर्ने बाध्यताका कारण धेरै जनाको मृत्यु भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा भट्टराईले बताए। 

मिठो सपना बोकेर विदेश जाने रोल्पाका यस्ता युवा लाश बनेर फर्कँदा घरमा श्रीमती र छोराछोरीको विचल्ली हुने गरेको छ। स्वदेशमै रहँदा एकप्रकारले पारिवारिक व्यवस्थापन गरेका उनीहरु विदेश गएर मृत्युवरण गरेपछि भने पारिवारिक अवस्थामा ठूलो समस्या देखिँदै आएको छ। 

विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएपछि घरमा श्रीमतीको विचल्ली हुने गरे पनि राज्यले हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मर्म विपरीत भएको एकल महिला समूहकी अध्यक्ष तुलसा आचार्य बताउँछिन्।

रोल्पा जिल्लाबाट भारतबाहेक अन्य मुलुकमा रोजगारीमा जानेको संख्या २५ हजारभन्दा बढी रहेको बताइन्छ।रासस

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने

Nepal Live

कञ्चनपुर - कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी

सोलुखुम्बुमा आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

Nepal Live

सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

Nepal Live

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी- पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

Nepal Live

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका

झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

Nepal Live

बनियानी (झापा)- झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ

पढ्नै पर्ने