साहित्यकार जगदीश शमशेर रहेनन्

नेपाल लाइभ

Nepal Live

काठमाडौं- साहित्यकार जगदीश शमशेर राणाको निधन भएको छ।

८८ वर्षीय राणाको भारतस्थित चण्डीगढमा सोमबार उपचार क्रममा निधन भएको हो। भारतको सिमलामा बस्दै आएका उनी एक वर्षयता श्वासप्रश्वासको रोगबाट पीडित थिए।

नेपाली साहित्यमा प्रयोगवादी धारबाट कलम चलाउने उनको कृति 'नरसिंह अवतार'ले २०३७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। उनका सेतो ख्याकको आख्यान, दस दृष्टिकोण, नाचगानको राजधानी भक्तपुर, साठी वर्ष अघि र पछि  लगायतका कृति प्रकाशित छन्।

१९८६ भदौ ३ गते बबरमहलमा जन्मिएका राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा सुरु गरेका थिए। २०१५ को आमनिर्वाचनमा उनी अछामबाट प्रतिनिधिसभाका लागि कांग्रेसबाट उम्मेदवार बनेका थिए। गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका उनी २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। 

२०५० मा उनी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य समेत बनेका थिए।
 

पढ्नै पर्ने