अमेरिकाको क्यालिफोर्नियामा आगलागी, २ सय नेपाली परिवारको बिचल्ली

नेपाल लाइभ

Nepal Live

काठमाडौं– अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गत क्यालिस्टोगा भन्ने ठाउँमा भीषण आगलागी भएको छ। 

मध्यरातमा भएको आगलागीका कारण क्यालिस्टोगा लगायत नजिकै रहेको सनफ्रान्सिस्को अन्तर्गतको शान्ता रोजा लगायत सहरका बासिन्दाको बिचल्ली भएको छ । आगलागीका कारण शान्ता रोजामा बसोबास गर्ने २ सय नेपाली परिवार पनि घर छोडेर हिँड्नुपर्दा बिचल्लीमा परेका छन्।

आगो नियन्त्रणमा लिन नसकेपछि सो सहरमा फैलिन सक्ने भन्दै प्रहरीले सबैलाई घर छाडेर जान उर्दी जारी गरेको त्यहाँस्थित एक नेपाली श्याम भट्टराईले बताएका छन् ।

भट्टराईले नेपाल लाइभसँग कुराकानी गर्दै आफू लगायतका नेपालीहरु भागेर रौनक पार्क पुगेको बताएका छन् । उनले भने, ‘यहाँ रातिको ३:५० बजेको छ । प्रहरीले घर छाडेर जान उर्दी जारी गरेपछि हामी पासपोर्ट बोकेर भागेका छौं।’

धूवाँको मुस्लोका कारण शान्ता रोजा क्षेत्रको आकाश ढाकिएको छ । घर छोडेर हिँड्नेहरुमध्ये  केहीले आफूले भ्याए र सक्नेजति सामान बोकेर निस्किएको भट्टराईले बताए।

पढ्नै पर्ने