ad

मोरङको विभिन्न नाकाबाट दुई लाख बराबरको सामान बरामद

रबिन्द्र बराल 

Nepal Live

रंगेली– मोरङको सीमावर्ती नाकाबाट अबैधरुपमा नेपाल भित्र्याउन लागेको कपडा रंगेली प्रहरीले बरामद गरेको छ।

भन्सार छलेर अबैधरुपमा चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप शनिबार बिहान ४ बजे इलाका प्रहरी कार्यालयको गस्ती टोलीले गोप्य सूचनाको आधारमा धनपालथान–४ स्थित कर्सिया बजारमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब २ लाख रुपैयाँ बराबरको रेडिमेड कपडा बरामद भएको हो। 

यस्तै, प्रहरीले जहदा गाउँपालिका–४ स्थित पोखरियाबाट शुक्रबार राति ९ बजे चिनी, तेल लगायत सामानसहित ढुवानीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको एक मोटरसाइकल समेत बरामद गरेको छ।

त्यसैगरी रंगेली नगरपालिका–४ स्थित चोप्राहा नाकाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा ४ थान गाई समेत नियन्त्रणमा लिएर संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

Nepal Live

सुर्खेत, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश

महाकालीमा चारलेनको पुल निर्माणकोे तयारी

Nepal Live

भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की

उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ : घिसिङ

Nepal Live

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान

बाढीले अवरुद्ध जिप सफारी पुनः सञ्चालनमा

Nepal Live

रत्ननगर (चितवन)- पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध

काभ्रेमा कृषि उपजको औसत मूल्य घटदै

Nepal Live

बनेपा- काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको

बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा

Nepal Live

चितवन- बाढीबाट हुने क्षतिको बीमा नहुँदा पर्यटकीय नगरी सौराहाका होटल व्यवसायी

पढ्नै पर्ने