प्रवासी नेपाली मञ्च कोरियाको अध्यक्षमा सापकोटा

शिब भुसाल

Nepal Live

सिओल – प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा निर्विरोध चयन भएका  छन्।

आईतबार सम्पन्न अधिवेशनबाट सापकोटा चयन भएका हुन् । अध्यक्षका लागि मञ्चका पूर्वकोषाध्यक्ष सापकोटा र वर्तमान कार्यसमिति सदस्य श्रमदीप चौलागाईंले उम्मेदवारी दिएका थिए।  

एमालेको भ्रातृ संगठन अर्थात् प्रवास संगठनको रुपमा काम गर्दै आएको मञ्चको अधिवेशन उद्घाटनका लागि एमालेकी पोलिटब्युरो सदस्य तथा प्रवास विभाग इञ्चार्ज विन्दा पाण्डे कोरिया आएकी थिईन्।

विभिन्न देशमा छरिएर रहेका एमालेका कार्यकर्ताहरुलाई संगठित एवं क्रियाशिल बनाउने उद्देश्यले सन् १९९६ मा मञ्च स्थापना भएको हो।

पढ्नै पर्ने