उखुको जुस पिउने गर्नुभएको छ? यस्ता कुरामा ध्यान नदिए बेफाइदै बेफाइदा

नेपाल लाइभ

Nepal Live

गर्मीका बेला हामी प्रायजसो उखुको रस पिउँछौं। यसले आँतलाई शीतल बनाउँछ। यसका कैयौं फाइदा छन्। जण्डिसको समस्या छ भने पनि यसले निकै फाइदा गर्छ। गर्भवती महिलाका लागि यो उत्कृष्ट पेय हो। यति मात्रै नभई यो डिहाइड्रेसनबाट बचाउन रामवाणसिद्ध हुन्छ। एनिमिया, क्यान्सर लगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ। तर यसको अर्थ उखुको रस हरसमय फाइदाजनक हुन्छ भन्ने होइन। उखुको रस कहाँ पाइन्छ भन्ने कुराबाट पनि लाभ र हानि तय हुन्छ।

फोहोर पसल
तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ। तर फलफूल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ। पसलमा झिँगा भन्किइरहेको हुन सक्छ। त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न।

खराब उखु
सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ। सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानि गर्न सक्छ। यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ। किरा लागेको उखुको जुस परेको छ  भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन्।

फ्रिज गरेको जुस
उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ। यदि फ्रिजमा राखेको जुस छ भने यसले राम्रो गर्दैन। बासी जुसमा झिँगा पनि बसेको हुन सक्छ। किरा लागेको हुन सक्छ। यसैले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस्।

अन्य रसको मिश्रण
उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ। उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न। कैयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ। यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन। तर स्वादमा भिन्नता आउँछ।

अधिकतम २ गिलास
उखुको रस स्वादिलो भएकाले पिउने हो भने जति पनि पिउन सकिन्छ। झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुँदैन। तर धेरै पिउनु गलत हो। विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस पिउनुहुन्न। यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ। धेरै उखुको रसले नोक्सानी पुर्‍याउन सक्छ।

संक्रमणको खतरा
सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ। किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ। यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ।

मेसिनको तेल
उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ। यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ। मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको जुस मात्र पिउने गर्नुपर्छ।

पढ्नै पर्ने