ad

मोबाइल टावरमा समस्या आएपछि डोल्पा दुई सातादेखि सञ्चारविहीन

नेपाल लाइभ

Nepal Live

दुनै- दुर्गम डोल्पा जिल्ला दुई सातादेखि सञ्चारविहीन भएको छ। 

यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ। त्रिपुरासुन्दरी नगरपालिकास्थित रसी लेकमा रहेको फोन सेवासहितको रेडियो लिंक टावरमा आवश्यक उपकरण थप्न बाँकी रहेकाले पटक पटक मोबाइल सेवामा समस्या आइरहेको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ।  

दुई सातादेखि नमस्ते र स्काईको टावरमा समस्या देखिएकाले डोल्पावासी सञ्चारविहीन भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी प्रकाश पन्थीले बताए। 

भौगोलिक रुपमा विकट डोल्पामा फोन सुविधाविना डोल्पालीको दैनिकी एकदमै कष्टकर बनिरहेकाले यथाशीघ्र मर्मतका लागि डोल्पालीले माग गरेका छन्। 
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले विभिन्न ठाउँमा राखिएका रिपिटर टावरमा समस्या उत्पन्न भएको जानकारी पाएकाले असुविधालाई हटाउन यथाशीघ्र काम अगाडि बढाउन निर्देशन दिएको बताए।

सेवा अवरुद्ध भएपछि त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकालगायत स्थानीय तह सम्पर्कविहीन भएका छन्।रासस
 
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्छः ज्ञवाली

Nepal Live

काठमाडौं– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको

आँखाको दृष्टि नभएर के भो ? नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

Nepal Live

काठमाडौँ – नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

शरीरमै माइक्रोचिप्स, खै व्यक्तिको स्वतन्त्रता?

Nepal Live

प्रविधिले अहिले हाम्रो जीवनयापन सहज बनाइदिएको छ। सँगै केही कुरामा

फ्रान्समा बन्छ ४ दिनमै नयाँ घर 

Nepal Live

काठमाडौं/एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ

१५ वर्षे फुच्चेको कमाल 

Nepal Live

काठमाडौं/एजेन्सी- सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर

युवती जस्तै देखिनका लागि ५० लाखको सर्जरी

Nepal Live

काठमाडौं/एजेन्सी- मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन्। यसका

पढ्नै पर्ने