पद्मश्री सम्मान अर्पण

नेपाल लाइभ

Nepal Live

काठमाडौं- २०७३ को पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य सम्मान अर्पण गरिएको छ।

राजधानीको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई साधना सम्मान र 'सगरमाथाको गहिराइ' कविताकृतिका लागि नवराज पराजुलीलाई साहित्य सम्मान वितरण गरियो।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले दुवै सम्मानको घोषणा गत भदौ १५ गते गरेको थियो । प्रतिष्ठानले सम्मान हरेक वर्ष बडादशैंको कोजाग्रत पूर्णिमाको अवसरमा दिने गर्छ।

कार्यक्रममा सम्मानित सर्जकहरुलाई अभिनन्दनसहित प्रमाणपत्र दिइएको थियो । पद्मश्री साहित्य सम्मानको राशि दुई लाख रुपैयाँ छ भने संयुक्त रुपमा दिइएको साधना सम्मानको राशि संयुक्त रुपमा दुई लाख रुपैयाँ रहेको छ।

कार्यक्रममा कवि पराजुलीले कविता वाचन समेत गरेका थिए।

पढ्नै पर्ने