ad

मर्नुअघि स्टिभ जब्स भन्थे– ‘पैसा कमाउने ध्याउन्नले म जस्तै सबैलाई विकृत व्यक्ति बनाउनेछ’

नेपाल लाइभ

Nepal Live

आइफोनका जन्मदाता स्टिभ जब्सको निधन ६ वर्षअघि आजकै दिन भएको थियो । उनी सफल व्यापारी मात्र नभई जीवनप्रति सकारात्मक सोच राख्ने व्यक्ति थिए । उनले गरेका हरेक निर्णय महत्वपूर्ण सावित भएकाले उनको दूरदर्शिताको अझै पनि चर्चा गरिन्छ।  

स्टिभको निधन ५६ वर्षको उमेरमा सन् २०११ मा प्यान्क्रियाटिक क्यान्सरका कारण भएको थियो । मृत्युशय्यामा हुँदा उनले भनेका थिए, ‘जिन्दगी चलाउन पैसा चाहिन्छ । तर, आज यो बेडमा जिउँदो लाश झैं सुतिरहँदा म आफ्नो विगत सम्झिन्छु । जीवनमा मैले नाम र पैसा सबै कमाएँ, तर मृत्यु नजिकै आइपुग्दा यी सबै मिथ्या रहेछन् भन्ने लागिरहेको छ।’

उनले अगाडि भनेका छन्, ‘आज म अँध्यारोमा ‘लाइफ सपोर्टिङ’ मेसिनको ग्रिनलाइट हेरिरहेको छु । साथै ईश्वर भएको पनि महसुस गरिरहेको छु । मलाई मृत्यु नजिकै आइसकेको महसुस भइरहेको छ । सबैलाई भन्न चाहन्छु, जब तपाईं जीवनको उत्तर्राद्धमा पुग्नुहुन्छ, आफूले जम्मा गरेको सम्पत्ति परिवार, बच्चा र कला-संस्कृतिमा आफूले देखेको सपना पूरा गर्न खर्चिनुहोस् । सधैं र लगातार पैसा कमाउने बानीले म जस्तै सबैलाई विकृत व्यक्ति बनाउनेछ।’

स्टिभ जब्स बिरामी हुँदा आफू सुतेको ओछ्यान (सिक बेड) लाई विश्वकै सबैभन्दा महँगो बेड भन्ने गर्थे । उनी भन्थे, ‘हिँडडुल गर्न सबैले ड्राइभर मगाउन सक्छन् । तर, बिरामी भएर सुतेको व्यक्तिले आफ्नो रोग बोकिदिने अरु कोही मान्छे किन्न सक्दैन । यसको दुःख आफैंले भोग्नुपर्छ । तपाईं हरेक कुरा दोहोर्‍याएर प्राप्त गर्न सक्नुहुन्छ, आफ्नो अमूल्य जीवनबाहेक।’ 
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्छः ज्ञवाली

Nepal Live

काठमाडौं– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको

आँखाको दृष्टि नभएर के भो ? नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

Nepal Live

काठमाडौँ – नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

शरीरमै माइक्रोचिप्स, खै व्यक्तिको स्वतन्त्रता?

Nepal Live

प्रविधिले अहिले हाम्रो जीवनयापन सहज बनाइदिएको छ। सँगै केही कुरामा

फ्रान्समा बन्छ ४ दिनमै नयाँ घर 

Nepal Live

काठमाडौं/एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ

१५ वर्षे फुच्चेको कमाल 

Nepal Live

काठमाडौं/एजेन्सी- सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर

युवती जस्तै देखिनका लागि ५० लाखको सर्जरी

Nepal Live

काठमाडौं/एजेन्सी- मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन्। यसका

पढ्नै पर्ने