रसुवाका पहिरो प्रभावितलाई एनआरएन बेल्जियमको सहयोग 

Nepal Live

रसुवा– गैरआवासीय नेपाली संघ एनआरएन बेल्जियमले रसुवाका पहिरो प्रभावितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।

एनआरएन बेल्जियमका उपाध्यक्ष पदम गुरुङले बेत्रावतीको पैरवेशीका बाढी तथा पहिरो प्रभावितलाई एक लाख १७ हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् । गुरुङले पठाएको सहयोग रकम एक कार्यक्रमबीच बेत्रावतीका समाजसेवी हरिबहादुर डंगोलले १२ घरधुरीलाई हस्तान्तरण गरे। 

स्थानीयबाट सुझाव संकलन र स्थलगत अवलोकनपछि १० जनालाई ८ हजार रुपैयाँका दरले र २ जनालाई १९ हजार ५ सयका दरले रकम बाँडिएको हो।

गत साउन २३ गते अविरल वर्षासँगै आएको पहिरोमा परी रसुवामा चार जनाको मृत्यु भएको थियो भने १४ घर भत्किएका थिए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार