ad

वागमती सफाइमा जुटे एयर होस्टेज

नेपाल लाइभ

Nepal Live

काठमाडौँ - वागमती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ। 

सिनामंगलस्थित वागमती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो। 
सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए ।
विमान परिचारिकाहरुलाई सामाजिक कर्तव्य र उत्तरदायित्वका बारेमा जानकारी हासिल होस् भन्ने उद्देश्यले तिनलाई कार्यक्रममा सहभागी गराइएको हो । आगामी असोज २ गते मिस एयर होस्टेज, २०१७ को अन्तिम प्रतियोगिता हुनेछ। 

विभिन्न तालीम सेन्टरमा एयरहोस्टेजसम्बन्धी तालीम लिइरहेका र लिइसकेका युवतीलाई ध्यानमा राखी उनीहरुको विमान परिचारिका बन्ने सपना पूरा गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम सञ्चालक प्रदीपराज वन्तले बताए। यो मिस एयरहोस्टेजको चौथो संस्करण हो। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने