पनौतीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ घाइते

Nepal Live

भक्तपुर- काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। 

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नम्बरको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए। स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन्। रासस 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार