अस्पताल बन्द भाेलि पनि यथावत

नेपाल लाइभ

Nepal Live

काठमाडौं– सहमति नभएपछि नेपाल चिकित्सक संघले आन्दोलनका नयाँ कार्यक्रम तय गरेको छ।  संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने कायम राख्दै नयाँ कार्यक्रम घोषणा गरेको हो।

नयाँ आन्दोलनका कार्यक्रम यसप्रकार छन्

१) २०७४ आश्विन ९ गते काठमाडौं उपत्यकामा रहेका आकस्मिक सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बाहेक अन्य सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विहान १० बजे एप्रोनसहित स्वास्थ्य मन्त्रालयको प्राङगणमा २ घण्टा धर्ना दिने।

२) संघका शाखा कार्यालयहरु र अन्य जिल्लाहरुका हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्राङगणमा विहान १० आकस्मिक सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बाहेक अन्य सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु २ घण्टा धर्ना दिने 

३) भोलि दिउसो १ बजे नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा संघका पूर्व अध्यक्ष तथा महासचिवहरु, उपत्यकामा रहेका स्वास्थ्य संस्थाका निर्देशक, संचालक, प्रमुख, विभिन्न विशेषज्ञ समाजका प्रमुखहरु, नर्सिङ तथा प्यारामेडिक संघ संगठनका प्रमुखहरु लगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भेला गर्ने।

४) संघका शाखा कार्यालयहरुले आफ्ना शाखा अन्तर्गत रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समेत दिउसो १ बजे देखि आ–आफ्ना शाखा कार्यालयहरुमा जम्मा भई थप आन्दोलनका रणनीतिबारे व्यापक छलफल गर्ने।

पढ्नै पर्ने