बाढी प्रभावित २३ जिल्लामा टेलिकमको नि:शुल्क सिम

नेपाल लाइभ

Nepal Live

काठमाडौं-  बाढी प्रभावित जिल्लाका लागि नेपाल टेलिकमले नि:शुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गरेको छ।

केही दिनअघिको बाढी र डुबानबाट प्रभावित २३ जिल्लामा टेलिकमले विभिन्न सुविधा सहितको सिम वितरण गरेको हो। सिमसहित रु ५० को टक भ्यालु र आफ्नो नेटवर्कभित्र थप ५० मिनेट बराबरको नि:शुल्क कल सुविधा रहेको छ। पीडितहरुले आफ्नो सिम हराएको वा काम नगर्ने अवस्थाबारे जानकारी गराए अर्को सिम नि:शुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ।

भदौ १२ गतेदेखि लागू भएको यो सुविधा कम्पनीले आगामी २६ उपलब्ध गराउनेछ।


नि:शुल्क सिम पाउने २३ जिल्लाहरु

  • सप्तरी
  • सिरहा
  • धनुषा
  • महोत्तरी
  • रौतहट
  • सर्लाही
  • बारा
  • पर्सा
  • मकवानपुर
  • झापा
  • मोरङ
  • सुनसरी
  • उदयपुर
  • नवलपरासी
  • चितवन
  • सिन्धुली
  • दाङ
  • बाँके
  • रुपन्देही
  • कपिलवस्तु
  • बर्दिया
  • कैलाली
  • कञ्चनपुर

पढ्नै पर्ने