हाम्रो पात्रोको चाडपर्व विशेष एप्लिकेशन सार्वजनिक

नेपाल लाइभ

Nepal Live

काठमाडौं– लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडका अवसरमा नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ ।  पारिवारिक जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक तथा जुटपत्ति समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak - Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको हो । यो लिंक https://goo.gl/w1s2G2  उक्त एप्लिकेशन डाउनलोड गर्न सकिनेछ

एक्लै खेल्न सकिने मात्रै होइन, अनलाइन र अफलाइन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसँग एउटै नेटवर्कमा (मल्टि प्लेयर) बसी खेल्न सकिनेछ । विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा  उक्त एप्लिकेशनमा रहेको स्मार्ट आइडिया (हाम्रो पात्रो) सन्तोष कुमार देवकोटाले बताएका छन्।

पढ्नै पर्ने