ad

ओलीलाई लोकेन्द्रबहादुर चन्दको सुझाव- सच्चा व्यवहार प्रस्तुत गरेर सफल प्रधानमन्त्री बन्नुस्

SHARES
Nepal Live

काठमाडौं- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिएका छन्। 

लेखन कुञ्जमा शनिबार भएको कार्यक्रममा साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दले जनताको प्रतिनिधि भएको नाताले हरेक काममा जनताको सरोकार रहने भएकाले निकै चनाखो भएर काम गरी सफल इतिहास बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए।

आफ्नो चा रपटकको प्रधानमन्त्रीत्व कालमा राष्ट्र र जनताको पक्षमा धेरै काम गरेको स्मरण गराउँदै अञ्जानमा बाहेक जनताको हितविपरीत काम नगरेको उनले दाबी समेत गरे। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार