लिबियामा ट्रक दुर्घटना हुदाँ २१ आप्रवासीको मृत्यु, ७५ घाइते 

Nepal Live

त्रिपोली- गैरकानूनी आप्रवासीहरूलाई बोकेको ट्रक लिबियाको उत्तरी क्षेत्रमा बुधबार दुर्घटना हुदाँ कम्तीमा २१ जनाको मृत्यु भएको छ। 

अफ्रिकी मुलुकका आप्रवासी बोकेको ट्रकमा रहेकामध्ये अरू ७५ जना घाइते भएको स्थानीय बेनी वालिड जनरल अस्पतालका निर्देशक मोहम्मद अल मर्बौकले जानकारी दिए।

सो सडक दुर्घटना राजधानी त्रिपोलीदेखि झण्डै १ सय ८० किलोमिटर टाढा पर्ने बेनी वालिड शहरमा भएको हो। 

उनले आपतकालीन सहयोगका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी र सहयोगी निकायहरूलाई आग्रह गरेका छन्। अस्पतालमा घाइतेहरू धेरै भएको र पर्याप्त स्वास्थ्य सेवा दिने स्रोत साधन नभएकाले सहयोगका लागि अपिल गरिएको उनले स्पष्ट पारे। 

‘गम्भीर घाइते केहीलाई नजिकैको अस्पतालहरूमा स्थानान्तरण गरिएको छ।,’ अल मर्बौकले भो। 

बेनी वालिड शहर गैरकानूनी आप्रवासीहरूको आन्दोलन भएको मुख्य शहरमध्येमा पर्ने अधिकारीहरूले बताएका छन्। रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार