नेपाल-भारत सिमामा ९ वर्षदेखि फरार आतंककारी पक्राउ

Nepal Live

नयाँ दिल्ली- भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको हो। 

नेपाल-भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विशेष टोलीले खानलाई पक्राउ गरिएको बताइएको छ। 

‘खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,’ दिल्ली प्रहरीका उपप्रमुख पी.एस. कुशहवाले भने। 

खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ। प्रहरीले खोजी सूचीमा राखेपछि उनी लुक्दै आएका थिए। रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार