ad

बोलिभियामा ‘कार्निभल फेस्टिवल’ मनाउने क्रममा ४० को मृत्यु

Nepal Live

लापाज- बोलिभियामा चलेको एक परम्परागत पर्व मनाउने क्रममा भएका विभिन्न दुर्घटनाहरुमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। 

सो उत्सवका क्रममा सवारी दुर्घटनामा परी अधिकांशको मृत्यु भएको प्रहरीले जनाएको छ। कतिपयको झडपमा हत्या पनि भएको गृह मन्त्रालयले जनाएको छ। 

यी दुर्घटनाहरुमा परी १ सय २४ जनाभन्दा बढी व्यक्ति घाइते भएका सरकारले मङ्गलबार सार्वजनिक गरेको थियो।  

गृहमन्त्री कार्लोस् रोमेराले कार दुर्घटनाको कारण बढी मानिसको मृत्यु भएको जानकारी दिए।  

अघिल्लो सप्ताहन्तलाई बोलिभियनहरुले ‘कार्निभल फेस्टिवल’ नाममा मनाउने गरेका छन्। तीन दिनसम्म जारी यस पर्वको क्रममा भएका दुर्घटनामा परी मृत्यु हुनेको तथ्याङ्कमा वृद्धि हुनसक्ने पनि अधिकारीहरुले जनाएका छन्। उनीहरुले देशैभरि मनाइने यस पर्वमा भएको हताहतको पुरा तथ्यांक अझै आउन बाँकि रहेको बताएका छन्। 

सरकारले तयार पारेको यस प्रतिवेदनअनुसार १५ जना सडक दुर्घटनामा र ८ जनाको भने विस्फोटमा परी मृत्यु भएको छ। 

सन् २०१७ को यही पर्व मनाउने क्रममा भएका दुर्घटनामा ६७ व्यक्तिको मृत्यु भएको थियो। रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्