ट्रम्पले ‘पोर्न स्टार’ लाई आफ्नै खल्तीबाट १ करोड ३० लाख दिएको दावी 

Nepal Live

वासिङ्टन (एजेन्सी)–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलले ट्रम्पको विषयमा एउटा बयान दिएका छन्। उनले सन् २००६ मा ‘पोर्न स्टार’ सँग भएको कथित यौन सम्बन्धमा ट्रम्पले आफ्नै खल्तीबाट १ लाख ३० हजार डलर अर्थात करिब १ करोड ३० लाख खर्चिएको बताएका छन्। 

ट्रम्पका वकिल माइकल कोहेनले ‘द न्युयोर्क टाइम्स’ लाई दिएको जानकारीअनुसार स्टार्मी डेनियल्सलाई पैसा दिन ट्रम्प अर्गनाइजेशन वा ट्रम्पको प्रचार अभियानबाट कुनै राशी खर्च भएको छैन्।  

कोहेनले कानुनीरुपमै ‘मिस क्लिफोर्ड’ लाई भुक्तानी गएको दावी गरे। स्टार्मी डेनियल्सको वास्तविक नाम नै स्टेफनी क्लिफोर्ड हो। ‘द वाल स्ट्रिट’ जर्नलले गत महिना प्रकाशित गरेको रिपोर्टमा भनेको थियो, ‘कोहेनले ट्रम्पको चर्चित यौन काण्डमा २०१६ को अक्टुबरमा १ लाख ३० हजार डलरको बन्दोबस्त गरेका थिए।’


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार