ad

मुम्बई उच्च अदालतमा एउटी आमाले भनिन्– ‘स्पम डोनर’ को नाम बताउँदिन

Nepal Live

मुम्बई (एजेन्सी)– भारतको मुम्बईस्थित नालसोपारामा बसोबास गर्ने एक महिलाले बम्बे उच्च न्यायालयलाई आफ्नो बच्चाको बुवाको नाम सार्वजनिक नगरी जन्म दर्ता पत्र दिलाइदिन अनुरोध गरेकी छिन्। ३१ वर्षीय ती महिलाले आफ्नो बच्चा अज्ञात ‘स्पम डोनर’ बाट भएको स्पष्ट पार्दै डोनरको नाम बताउन आफू असमर्थ रहेको जानकारी दिइन्। 

महिलाका वकिल उदय वरुनजिकरले अदालतलाई उनको बच्चा ‘टेस्ट ट्युब बेबी’ प्रविधिबाट भएको बताएका थिए। उनले न्यायाधीस अभय ओका र प्रदीप देशमुखको बेन्चलाई ‘स्पर्म’ अज्ञात व्यक्तिबाट प्राप्त भएको जानकारी दिएका थिए। 

न्यायालयले यो विषयमा मुम्बई महानगरपालिकासँग उत्तर माग गरेको छ। महिलाले निवेदनमा भनेकी छिन्, उनी अविवाहित हुन्। उनले २०१६ अगस्टमा छोरीलाई जन्म दिएकी थिइन्। उनले छोरीको रेखदेख गर्न आफू सक्षम भएको बताएकी थिइन्। उनी छोरीको रेकर्डमा बुवाको नाम दर्ता होस् भन्ने चाहन्न्। 

उनले यस विषयमा गत डिसेम्बरमा मुम्बई महानगरपालिकालाई पनि नोटिस पठाएको तर कुनै जवाफ नआएपछि न्यायालयको ढोका ढकढकाउनु परेको बताइन्। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार