प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाउँदै आयोग

Nepal Live

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम बुधबार राति ८ बजे राष्ट्रपतिसमक्ष पेश गर्दै छ।

आयोगले समानुपातिकबाट निर्वाचितहरुको प्रमाणपत्र सम्बन्धित दलहरुलाई आजै वितरण पनि गरेको छ।

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको अन्तिम औपचारिक परिणाम आज सार्वजनिक हुन लागेको हो। राष्ट्रियसभाको निर्वाचन नभई समानुपातिकतर्फको सिट वितरण गर्न नमिल्ने आयोगको तर्कका कारण प्रतिनिधिसभाको अन्तिम मतपरिणाम आउन ढिला भएको हो।

राष्ट्रियसभाको निर्वाचन माघ २४ मा सम्पन्न भएसँगै समानुपातिकतर्फ सिट बाँडफाँट प्रक्रिया अघि बढेको थियो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्