पञ्जाब बैंक ठगीमा एक अर्बपति मुछिए, बलिउडदेखि हलिउडका कलाकार पनि उनको फ्यान

Nepal Live

मुम्बई (एजेन्सी)– पञ्जाब नेशनल बैंकको मुम्बईस्थित एउटा ब्रान्चबाट गैरकानुनी रुपमा करौडौं रकम ठगी गरेको भन्दै एक व्यक्ति विरूद्ध भारतको क्राइम ब्रान्च (सिबिआई) मा उजुरी परेको छ। बैंकले दिएको सूचनाअनुसार ११ हजार ३ सय ६० करोड रुपैयाँको नक्कली कारोबार भएको थियो। 

यो मुद्दामा बैकले अर्बपति ज्वेलरी डिजाइनर निरव मोदीविरूद्ध सिबिआईमा उजुरी गरेको हो। 

बैंकले निरव, उनका भाइ निशाल, श्रीमती अमी र मेहुल चीनुभाई चोकसीले बैक अधिकारीसँग मिलेर ठगी गरेका आरोप लगाएको छ। गत साता मात्र सिबिआईले निरव मोदी विरूद्ध छानवीन गरेको थियो।

निरव मोदी भारतमा मात्र होइन, विदेशमा पनि गन्यमान्य डायमन्ड व्यपारीको रुपमा चर्चित छन्। उनी भारतमा स्थापित नाम हुन्। उनी फायरस्टार डाइमन्डका संस्थापक हुन्। उनको ग्राहक विश्वको ठूलो व्यापारीदेखि सेलिब्रिटी र राजामहाराजासम्म छन्। 

मोदीको परिवार पहिलेदेखि नै डायमन्ड व्यापारमा सक्रिय थियो। सानैमा उनले आफ्नो बुवासँग डायमन्डको कटिङदेखि डिजाइनिङसम्मको काम सिकेका थिए। 

व्यापारमा जोडिनुअघि उनी अमेरिकाको पेन्सेल्भेनियामा फाइनान्स विषयमा अध्ययन गर्न गएका थिए। तर, एक वर्षभित्रै विश्वविधालयको काम छोडेर भारत फर्किए। 

१९९० मा मुम्बई फर्किएर उनले आफ्नो काकाको पसलमा जागिर खाए। त्यतिबेला उनकोे मासिक तलब थियो, ३५ सय रुपैयाँ। करिब १० वर्ष जागिर खाएपछि उनले १५ जनासँग मिलेर फायरस्टार कम्पनी खडा गरे।

मोदीले विदेशी ग्राहकलाई बढी लक्षित गरे। भारतमा डायमन्ड कटिङ गर्दा कम खर्च हुने हुँदा उनले विदेशी कम्पनीलाई पनि आफूतर्फ आकर्षित गरे। फायरस्टार डायमन्डको व्यापार अहिले अमेरिका, युरोपसहित मध्यपूर्वमा पनि फैलिएको छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्