ad

नेपालले क्यानडाको अाठौं विकेट लियो, बसन्तले हात पारे तेस्रो विकेट

नेपाल लाइभ

Nepal Live

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्धको निर्णायक खेलमा नेपालले क्यानडाको अाठौं विकेट लिएको छ।  बसन्त रेग्मीले आफ्नो अन्तिम ओमरमा हेलिगरलाई शून्य रनमा बोल्ड गरेका हुन्। 

नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने २ विकेट हात । यस्तै करण केसी र शरद भेषावरले १ -१ विकेट आफ्नो नाममा लेखाए। 

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए। गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो।  

यस्तै सन्दीप लामिछानेले क्यानडा कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे। यस्तै, सन्दीपले  धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। 

बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए। करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे। आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे। दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए। 

शरदले विन जाफरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। लगत्तै निखिल दत्ता शून्य रनमा पारस खड्काले डाइरेक्ट हिटमार्फत रनआउट गरे। बसन्तले हेलिगरलाई शून्य रनमा बोल्ड गरे। 

अहिले क्यानडाका लागि ओपनर विजयरत्ने र सास्तम रन्जित ब्याटिङ गरिरहेका छन्। विजयरत्तेले अर्धशतक प्रहार गरिसकेका छन्। 

क्यानडाले ४५ ओभरमा ७ विकेटको क्षतिमा १६२ रन जोडेको छ। 

अाजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ। हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ। युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ। यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने