ad

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको हो : एमाले

नेपाल लाइभ

Nepal Live

काठमाडौं– एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको एमालेले स्वीकार गरेको छ।

आकस्मिक रुपमा बसेको पार्टीको स्थायी समिति बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै एमाले नेता सुरेन्द्र पाण्डेले भने, 'आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो तर त्यसको मोडल टुंगो लाग्न बाँकी छ। पाण्डेले कसले पहिले नेतृत्व गर्ने, कति समयसम्म गर्ने लगायतका कुरा एकता संयोजन समितिको बैठकले टुंगो लगाउने बताए। यसअघि एमालेका नेताहरुले आलोपालो सरकारको नेतृत्व गर्ने कुरालाई अस्वीकार गर्दै आएका थिए।

दुई अध्यक्षात्मक प्रणालीमा पनि सहमति भएको पाण्डेले जानकारी दिए।

दुई पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको एमालेले निष्कर्ष निकालेको छ। 

बैठकले पार्टी एकताका प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय पनि गरेको छ। 

आज बिहान ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफलपछि आकस्मिक रुपमा दुवै पार्टीको बैठक बसेको हो। माओवादीले भने एमालेसँग भएका मौखिक सहमतिलाई लिखित रुपमा टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ।

केहीबेरमै पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने