सेयर बजार : नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार

Nepal Live

काठमाडौं– केही दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबारको कारोबारमा भने सम्हालिएको छ।

बुधबार परिसूचक ८ दशमलब ६५ अंकले बढेर १ हजार ३ सय ८८ दशमलब ९४ अंकको बिन्दुमा रोकिएको छ।

बुधबार परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ। यस दिन १ सय ५५ कम्पनीको ३८ करोड ६४ लाख ८६ हजार २ सय ८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि सोमबारको कारोबारमा २४ करोड ६७ लाख ६ हजार ७ सय ८१ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको थियो। मंगलबार सार्वजनिक बिदाको कारण नेप्सेमा कारोबार भएको थिएन। 

बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘प्रमोटर’ सेयरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यस्तै, प्रभु बैंकको ५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १० समूहमध्ये तीन समूहमा गिरावट आएको छ भने ७ समूहमा हरियाली छाएको छ।  

यस दिन उत्पादन तथा प्रशोधन समूहमा ५ दशमलब ५३ अंकले घटेको छ भने फाइनान्स समूह २ दशमलब ७९ अंकले घटेको छ। त्यस्तै, अन्य समूह १ दशमलब ५४ अंकले घटेको छ। 

यता, बिमा समूह अन्तर्गतका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। बिमा समूह यस दिन १ सय २१ अंकले बढेको छ। माइक्रोफाइनान्स समूह २० दशमलब ५५ अंकले बढेको छ। त्यस्तै, जलविद्युत् समूह १८ दशमलब २ अंक, होटल समूह १० दशमलब ३२ अंकले बढेको छ। 

बुधबारको कारोबारमा सर्वाधिक गुमाउनेमा कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य १२ रुपैयाँले अर्थात् ५ दशमलब २१ प्रतिशतले घटेको छ। कमाउनेमा भने रुलर माइक्रोफाइनान्सका लगानीकर्ताहरु छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ८४ रुपैयाँले बढेको छ। प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ७ दशमलब ५६ प्रतिशतले बढेको छ।

\"\"

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार