ad

एमाले-माओवादी पार्टी एकता प्रयास : छुट्टाछुट्टै बैठक जारी, शीर्ष नेता आन्तरिक सहमति जुटाउँदै

नेपाल लाइभ

Nepal Live

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक्लाएक्लै छलफल सकेलगत्तै आन्तरिक बैठक डाकेका छन्। अहिले प्रचण्ड निवास खुमलटारमा माओवादी हेडक्वार्टरको बैठक बसिरहेको छ। त्यस्तै, एमालेको स्थायी समिति बैठक पनि ललितपुरको मानभवनमा चलिरहेको छ।

आज भएको अध्यक्षहरुको भेटले पार्टी एकीकरणको अन्तिम ढाँचा तयार गरेको र त्यसलाई आन्तरिक छलफलबाट टुंगो लगाउन आकस्मिक बैठक डाकिएको दुवै पार्टीका नेताहरुले बताए। पार्टीको आन्तरिक बैठकमा सहमति लिएर एकता प्रक्रियालाई मूर्तरुप दिने प्रयास भइरहेको एक नेताले बताएका छन्। 'अध्यक्षहरुबीच भएको सहमतिलाई पार्टीको सहमति जुटाउने प्रयास भइरहेको छ', ती नेताले भने।

यसअघि 'जनयुद्ध दिवस'को अवसरमा हिजै पार्टी एकता हुन सक्ने अभिव्यक्ति प्रचण्डले दिएका थिए।

दुवै नेताबीच बुधबार बिहान ललितपुरको मानभवनमा भेट भएको थियो। उनीहरु दुई पार्टीबीचको एकताको लागि अन्तिम प्रयासका लागि केही दिनयता बाक्लो भेटघाटमा छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने