ad

मुस्ताङमा आजदेखि सुरु भयो नयाँ शैक्षिक सत्र 

नेपाल लाइभ

Nepal Live

ठिनी, मुस्ताङ- मुस्ताङमा आजदेखि शैक्षिक सत्र सुरु भएको छ।

यहाँ जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ। 

मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती सत्र र नयाँ शैक्षिक सत्र पनि चलाउने गरिएको छ। तल्लो मुस्ताङ अन्तर्गतको घरपझोङ गाउँपालिका रहेका ९ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा विद्यालयमा आजदेखि नयाँ सत्र सुरु भएका छन्। वारागुङ मुक्ति क्षेत्र गाउँपालिका अन्तर्गतका दुई विद्यालयमा भने घुम्ती सत्र चलिरहेको छ।

त्यसैगरी लो घ्याकर गाउँपालिकामा रहेका ६ वटा विद्यालय घुम्तीमै छन् भने ३ वटा विद्यालयमा आजबाट पढाइ सञ्चालन भएको छ। त्यस्तै लोमान्थाङ गाउँपालिकाअन्तर्गतका सम्पूर्ण १० वटै विद्यालय घुम्ती सत्रमा पढाइ भइरहेको छ। 

हिमपात तथा चिसोले गर्दा पढाइ सञ्चालनमा केही असर पर्न सक्ने घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाइले जानकारी दिए।

जाडो छल्न पोखरा, काठमाडौँ, चितवन बुटवल, भारततिर गएका मुस्ताङवासी पनि माघको अन्तिम र फागुन लागेदेखि नै मुस्ताङ फर्कने क्रम जारी हुन्छ।रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने