ad

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त, बिहीबार सपथ

Nepal Live

काठमाडौं– प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रममा राउतले नियुक्ति पत्र लिएका हुन्।

राउत प्रदेश २ मा संघीय समाजवादी फोरमका संसदीय दलका नेता हुन्। प्रदेश २ मा २९ सिट ल्याएर सबैभन्दा ठूलो दल बनेको फोरमलाई २५ सिट ल्याएको अर्को दल राष्ट्रिय जनता पार्टीले समर्थन गरेपछि राउतको मुख्यमन्त्रीको यात्रा सहज भएको हो।

यो प्रदेशमा कुल १ सय ७ सदस्यीय संसद छ। राउतले मंगलबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए। उनको सपथ बिहीबार हुनेछ। प्रदेश २ को सभामुखमा भने राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्