ad

सन्दीप लामिछानेले यसरी लिएका थिए केन्या विरुद्ध ५ विकेट, हेर्नुहोस् भिडियो


काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले केन्याविरुद्ध ५ विकेट लिएपछि विश्वभरबाट चर्चा कमाएका छन्। 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा लामिछानेले लिस्ट ’ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका थिए।

उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन्। १० ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिदा ५ मेडन राखे। यसअघि उनको लिस्ट ए करिअरमा सर्वा्धिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो। यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए। यो  प्रदर्शन लिस्ट ’ए’को खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो।

हेर्नुहोस् उनले यसरी लिएका थिए पाँच विकेट  :- 

भिडियो : आइसिसी 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार