बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, ५ को अवस्था गम्भीर

Nepal Live

बैतडी- चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन्। 

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी सुदीप बानियाँले जानकारी दिए। 

उनका अनुसार घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिए। 

सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार