ad

शौचालय निर्माणमा सहयोग गरिदिन ७५ वर्षीया माग्नेले गरिन् आग्रह 

Nepal Live

नयाँदिल्ली- मागेर जीवन धान्दै आएकी भारतकी एक ७५  वर्षीया माग्ने महिलाले शौचालय निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेकी छन्।  

पश्चिम बंगाल राज्यको मुर्सिदाबादमा बस्दै आएकी रहिमा बेवाले आफ्नो झुप्रो घरमा शौचालय निर्माणका लागि सहयोग जुटाउन स्थानीय संचारमाध्यममार्फत अपिल गरेकी हुन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’बाट सहयोग नपाएपछि उनले मिडीयाको सहयोग लिन बाध्य भएको बताएकी हिन्दुस्तान टाइम्सले लेखेको छ। 

‘केहि व्यक्तिहरुले भने कि खुल्ला स्थानमा शौच गर्नु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ। त्यसकारण मैले आफ्नो घरमा शौचालय निर्माण गर्ने निर्णय लिएकी हुँ।’, उनले भनिन्।

शौचालय निर्माणका लागि १५ हजार भारतीय रुपैयाँ लाग्ने भएपनि आफुसँग त्यत्रो रकम नरहेको उनी बताउँछिन्। 

उनी मुर्सिदाबादस्थित एक गाउँमा आफ्नी ५०  वर्षीया अशक्त छोरी कमलासँग बस्दै आएकी छन्। 

भारतको केन्द्र सरकारबाट गरिबहरुका लागि शौचालय निर्माण गर्न प्रदान गरिने आर्थिक सहायता उनले हालसम्म प्राप्त गरेकी छैनन्। तर राज्य सरकारले भने उनलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। 

समान्य किसान परिवारमा जन्मिएकी उनलाई करिब २० वर्षअघि आफ्ना पतिको मृत्यु भएपछि छोराहरुले घरबाट निकालिदिएका थिए। मागेरै गुजारा चलाइरहेको उनको परिवारबाट अलग भएपछि बेवाले त्यसपछि पनि मागेरै जीवन धान्दै आएकी छन्। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्