ad

एमाले-माओवादी पार्टी एकता संयोजन समिति बैठक आज बस्दै

नेपाल लाइभ

Nepal Live

काठमाडौं- वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी एकताबारे संयोजन समितिको आजको बैठकले ठोस निर्णय लिने बताइएको छ। गठबन्धनका शीर्ष दुई नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मंगलबार पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएको थियो।

ललितपुरको मानभवनमा भएको वार्तामा दुवै नेताले करिब ४० मिनेट संवाद गरेका थिए।

आज बस्ने एकता संयोजन समितिको बैठकले सांगठनिक तथा सैद्धान्तिक विषय मिलाउन दुई वटा कार्यदल गठन गर्नेछ। समितिको बैठक बस्ने समय भने खुलाइएको छैन।

यसअघि दुई नेताबीच भएको वार्तामा एकीकृत पार्टीको नेतृत्वको विषयमा सहमति जुटेको थियो। एकीकृत पार्टीको अध्यक्षमा दुवै नेता रहने र सरकारमा आलोपालो गर्ने समझदारी भएको थियो। सरकारको नेतृत्व भने सुरुमा एमाले अध्यक्ष ओलीले गर्ने दुवै दलको समझदारी छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने