ad

म्यानमारमा दुई जातीय समूहले गरे युद्धविराम 

Nepal Live

म्यानमार- म्यानमारका हतियारधारी दुई जातीय समूहबीच मंगलबार राष्ट्रिय युद्धविराम सम्झौतामा हस्ताक्षर भएको छ। 

युद्धविराम सम्झैताबाट हतियार उठाइरहेका दुई समूह शान्ति प्रक्रियातर्फ लाग्ने सरकारले आशा लिएको छ। शान्ति सम्झौतासँगै दुवै पक्षको युद्ध सधैका लागि अन्त्य हुने म्यानमारको सरकारले विश्वास व्यक्त गरेको छ। 

द न्यु मोन स्टेट पार्टी (एनएमएसपी) र लाहु डेमोक्रयाटिक युनियन (एलडीयु) समुहकाबीचमा युद्धविरामको सम्झौता भएको हो। उनीहरुले राष्ट्रिय युद्धविराम सम्झौतापत्रमा मङ्गलबार हस्ताक्षर गरेको सरकारी अधिकारीहरुले जनाएका छन्। 

यस सम्झौताको क्रममा यसअघि आङ सान सुकीको कार्यलयमा युद्धविराम सम्झैता गरेका अन्य आठ नागरिक सेना समुहको पनि सहभागीता रहेको थियो। 

म्यानमारको, राखिन राज्यबाट झन्डै सात लाख रोहिङ्ग्या मुस्लिमहरु सैन्य हिंसाबाट विस्थापित भएर बङ्गलादेश जानु परेका कारण विश्वको ध्यान तानिएको अवस्थामा यी दुई जातीय समुहबीच युद्धविरामको सम्झौता भएको छ। 

राखिन राज्यमा रोहिङ्ग्या मुस्लमान समुहसँग भएको द्वन्द्वबाहेक अरु दुई दर्जनभन्दा बढी समूहहरुले म्यानमारमा द्वन्द्व चर्काइरहेका छन्। उनीहरुले वर्षौँदेखि स्वायत्त राज्यको माग गर्दै संघर्ष गरिरहेका छन्। रासस/एएफपी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार