ad

प्रदेश ५ मा शंखर पोखरेलले मुख्यमन्त्रीको सपथ बिहीबार लिने

दीपक घिमिरे

Nepal Live

भैरहवा– प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल बुधबार मुख्यमन्त्री नियुक्त हुँदै छन्। 

प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन्। 

'प्रदेश प्रमुखज्यूबाट बुधबार मुख्यमन्त्री नियुक्ति गर्ने तय भएको छ', प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले भने, ‘बिहीबार दिउँसो ३ बजे सपथको कार्यक्रम तय भएको छ।’ 

मुख्यमन्त्रीको सपथकै दिन अरु २ मन्त्रीले पनि सपथ लिनेछन्। एमाले र माओवादी केन्द्रबाट १–१ जनाले सपथ लिने टुंगो लागेको छ।  

यसअघि आइतबार मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्न वाम गठबन्धन आबद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले दाबी पेश गरेका थिए।

एमाले र माओवादी केन्द्रको संसदीय दलका नेताले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झा समक्ष संयुक्त रुपमा निवेदन दिएका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने