एन्टिबायोटिकको समुचित प्रयोगमा जोड

Nepal Live

काठमाडौं- एन्टिबयोटिक जथाभावी प्रयोगका कारण यसको प्रभावकारीता घट्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। एन्टिबायोटिक औषधिको समुचित प्रयोगका लागि नेपालमा सुरु गरिएको ‘एन्टिबायोटिक स्टेवार्डशिप’ कार्यक्रमको प्रभावकारीताको बारेमा जानकारी दिन अायाेजित कार्यक्रममा उक्त कुरा व्यक्त गरिएको हो।

ग्रुप फर टेक्निकल एसिस्टेन्स ललितपुर, फेक्ट नेपाल (काठमाडौं मोडल र कीर्तिपुर अस्पताल) को सहकार्यमा ग्लोवल हेल्थ इनिसियटिभ र हेनरी फोर्ड हेल्थ सिस्टम अमेरिकाको प्राविधिक सहयोगमा गत वर्षबाट ‘एन्टिबायोटिक स्टेवार्डशिप’ कार्यक्रम सुरु भएको थियो। 

एन्टिबायोटिक्सको सही रुपमा प्रयोग नहुनुका कारणमा मुख्यतया बिरामीहरुले नै आफूखुसी औषधि किनेर सेवन गर्नु, औषधि पसलबाट पनि बिना प्रेस्किप्सन औषधि बिक्रि गर्नु र डाक्टरले पनि एकै पटक कडा औषधि दिनु लगायत हुन्। यसका साथै एन्टिबायोटिकको सहि रुपमा प्रयोग नहुनुका कारणहरु समुदायका मानिसहरु तथा फार्मासिस्टहरुको धारणमा औषधी पसलहरुसँग प्रतिस्पर्धा, उपचार खर्चको कमी, रोगका चिन्ह र लक्षणका आधारमा औषधि दिनु पनि हो ।

ग्लोबल हेल्थ इनिसियटिभको इन्फेक्सियस डिजिज डिभिजनका निर्देशक डा मार्कस जेर्भसले विश्वका अन्य देशमा झैँ नेपालमा पनि एन्टिबायोटिक्सको रेसिस्टेन्सको दर बढीरहेको बताए। ‘यो विश्वव्यापी समस्यालाई अहिले नै समाधान गर्दै लौजानुपर्छ,’ उनले भने, ‘त्यसकारण नेपालमा पनि एन्टिबायोटिक्सको उचित प्रयोगलाई व्यवस्थित बनाउनु पर्छ ।’

डा राजेशध्वज जोशीका अनुसार एन्टिवायोटिक रेसिस्टेन्सको बारेमा जानकारी दिन, उपचारको गाइडलाईन बनाउन, फिजिसियनहरुलाई तालिम दिन, एन्टिवायोटिक प्रेस्क्रिप्सनको अध्ययन गरी अन्य फिजिसियनहरुलाई जानकारी दिनु र समुदाय तथा फर्मासिस्टहरुको धारणा बनाउन यो कार्यक्रम सुरु गरिएको हो ।

‘एक वर्षको यो अवधिमा फिजिसियनहरु तालिम प्राप्त भई गाइडलाइनको प्रयोग तथा एन्टिबायोटिक प्रेस्किप्सनमा सल्लाह लिने दर बढेको छ,’ उनले भने, ‘यो कार्यक्रमबाट एन्टिबयोटिक्सको समुचित प्रयोगमा धेरै मद्धत मिलेको छ ।’

 

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार