ad

एपिएफले जित्यो अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि 

Nepal Live

चितवन– सशस्त्र प्रहरीको एपिएफ क्लबले चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्रा्ष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। 

भरतपुर–२२ पटिहानीस्थित आधारभूत विद्यालय धनौजीको खेलमैदानमा आज भएको फाइनल खेलमा काठमाडौँको न्यु डायमन्ड एकेडेमीलाई ३–० ले सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधिमाथि कब्जा जमाएको हो। 

उपाधि हात पार्ने क्रममा एपिएफले न्यु डायमन्डमाथि २९–२७, २५–१६ र २५–२१ को जित निकाल्यो। पहिलो सेटमा कडा टक्कर दिएको डायमन्डले दोस्रो सेटमा भने सहजै खेल सुम्पिएको थियो। तेस्रो सेटमा खेलमा फर्किने कोशिष गरेपनि डायमन्डको प्रयास सफल हुन सकेन। 

जितसँगै एपिएफले काठमाडौँमा अघिल्लो महिनामात्रै न्यु डायमन्ड कपको उपाधि भिडन्तका क्रममा न्यु डायमन्डबाट बेहोरेको हारको बदला तिरेको छ।  

उपाधि हात पारेको एपीएफले २ लाख रूपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र पाएको छ। दोस्रो स्थानमा चित्त बुझाएको न्यू डायमन्डले १ लाख पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 

\"\"

यसैबिच तेस्रो स्थानका लागि आजै बिहान भएको खेलमा नेपाल आर्मीलाई हराउँदै नेपाल पुलिसले ५० हजार रुपैयाँ पायो। अर्को विभागिय टोली नेपाल आर्मीलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हात पारेको हो। सान्त्वना स्थान हासिल गरेको नेपाल आर्मीले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरी घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ पाइन्। न्यू डामयण्डकी प्रतिभा माली वेष्ट स्पाइकर हुँदा कृपा अधिकारी वेष्ट सर्भर भएकी छन्। 

प्रचारप्रसार संयोजक रामहरि सेढाईका अनुसार नेपाल पुलिसकी कमला पुन वेष्ट सेटर, एपिएफकी उषा विष्ट वेष्ट ब्लकर, एपिएफकी मनिषा तामाङ, वेष्ट डिफेन्डर र आर्मीकी निकता ठगुन्ना नयाँ प्रतिभाशाली खेलाडीका रुपमा पुरस्कृत हुँदै जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।  

समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए। 

प्रतियोगितामा २ विदेशीसहित ७ टोलीको सहभागिता रहेको थियो। 

तस्बिर सौजन्यः राजु चौधरी

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार