ad

साढे ३ महिनामा शिल्पाले कसरी घटाइन् ३२ किलो तौल?

नेपाल लाइभ

Nepal Live

मुम्बई (एजेन्सी)– बच्चा जन्माइसकेपछि महिलाहरू घरको काम र बच्चा सम्हाल्नमा यति व्यस्त हुन्छन्, आफ्नो शरीरतर्फ खासै ध्यान दिन पाउँदैनन्। तर, बलिउड नायिका शिल्पा शेट्टीले बच्चा जन्माएपछि आफ्नो तौल मात्र घटाइनन्, आफूलाई पहिलेभन्दा फिट बनाइन्।

यसैले अहिले कामकाजी महिलाका लागि शिल्पा शेट्टी सबैभन्दा ठूलो प्रेरणाको स्रोत मानिन्छिन्। उनले कसरी आफ्नो तौलमा नियन्त्रण राखिन्, यसको जानकारी उनका ट्रेनर विनोद चन्नाले दिएका छन्। 

उनका अनुसार, शिल्पाको ‘प्रिग्नेन्सी’को अवस्थामा ३२ किलो तौल बढेको थियो। यसले गर्दा उनको घाँटी, ढाड र घुँडा दुख्ने गर्थ्यो। अझ, बच्चाको जन्मपछि त उनी निकै कमजोर देखिएकी थिइन्। 

यसका लागि विनोदले उनको कमजोर मांसपेशी र जोर्नीलाई बलियो बनाउने काम गरे। यसपछि मात्र शिल्पालाई तौल उठाउन दिए। उनले एकैपल्ट शिल्पालाई तौल उठाउन दिएको भए यसले उनको ‘जोइन्ट डिस्लोकेट’ हुन सक्ने बताए। 

उनले भने, ‘पहिलो चरणमा मैले शिल्पालाई ढाड बलियो बनाउने अभ्यास सिकाए। घुँडाका लागि इनर थाई, आउटर थाई, ग्लुट्स र ट्रान्सवर्स अब्लिक जस्ता सपोर्ट गर्ने मसल्समा काम गर्न लगाएँ।’

यसपछि मात्र शिल्पाले योगा गरेको उनले बताए। शिल्पाले आफ्नो तौल घटाउन तौल पनि उठाएको उनले बताए।

‘शिल्पाले वेट ट्रेनिङ र योगाको सहयोगले साढे तीन महिनामा ३२ केजी तौल घटाएकी हुन्’, उनले भने। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने