ad

अबको २० दिनभित्रै मेलम्ची आयोजनाको सुरुङमा 'ब्रेक थ्रु'

नेपाल लाइभ

Nepal Live

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध नभए अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने काम) सम्पन्न हुनेछ। 

सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको ९ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ। अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ। 

अम्वाथानदेखि ग्यालथुसम्म करिब ९ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। सो आयोजनाको कूल सुरुङ मार्ग २७.५ किलोमिटर रहेको छ। 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने बताए।

आयोजनाबाट उपत्यकामा दैनिक १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने