ad

एकल एल्बम ‘मर्निङ’सँगै मोडलिङमा बबिना [भिडियो]

नेपाल लाइभ

Nepal Live

काठमाडौं- गायिका बबिना किराती पहिलो एकल एल्बम ‘मर्निङ’ लिएर आएकी छिन्। 

लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील किरातीले पहिलो एल्बमको सार्वजनिकीकरण एनटिभी प्लसको एक लाइभ शोमार्फत गरेकी हुन्। ‘संगीतकार डिआर अटु दाइ तथा नेपाली साहित्य समाज दक्षिण कोरियाको सहकार्यमा एल्बम प्रकशन भएको हो,’ बबिनाले भनिन्, ‘म आफैँ चाहिँ अहिले नै एल्बम ल्याउने तयारीमा थिइनँ।'

बबिनाले यसअघि विभिन्न समूह गानमा स्वर दिँदै आएकी थिइन् भने रक शैलीका दर्जनभन्दा बढी गीत गाएकी छिन्। 

यसपालि भने उनले पूर्वेली लोकभाकाको मारुनी बिटमा आधारित ‘माथि माथि हिमाली भेगमा’ बोलको गीतमा समेत स्वर दिएकी छिन्। ‘फरक प्रकारका गीत गाउँदै आएको थिएँ। अहिलेसम्म गीतहरु रोजेर गाउन पनि पाएको छैन,' उनले भनिन्, 'मारुनी गीतको डमी आउने जानकारी भएपछि कस्तो होला भन्ने मनमा थियो। सुन्नसाथ मन परेकाले गाउन सहमत भएँ।’

‘माथि माथि हिमाली भेगमा‘को म्युजिक भिडियो समेत सार्वजनिक भइसकेको छ। भिडियोमा बबिना र अनिश मगरको अभिनय रहेको छ। युवराज वाइबाको निर्देशनमा बनेको भिडियो तयार भएको हो।

एल्बममा ‘माथि माथि’, ‘साइँला’, ‘टाढा थिएँ’, ‘मुटुभित्र’, ‘बिन्दास’, ‘शून्य भाछ’ र ‘भुरभुर’ गरी ७ गीत समावेश गरिएका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने