ad

लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी घट्दो, दोस्रो बजारमा उच्च मूल्यमा कारोबार

नेपाल लाइभ

Nepal Live

काठमाडौं– नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा सूचीकृत ३३ लघुवित्त कम्पनीमध्ये ३२ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले भने विवरण सार्वजनिक गरेको छैन।

पुस मसान्तसम्ममा अधिकांश वित्तीय संस्थाको प्रतिसेयर आम्दानी (इपिएस) घटेको छ। सामान्यतया लगानीकर्ताले आफूले लगानी गर्न लागेको सेयरको प्रतिसेयर आम्दानी हेरेर लगानी गर्ने गर्छन्। प्रतिसेयर आम्दानी राम्रो भएका कम्पनीले आकर्षक प्रतिफल दिन्छ भन्नेमा आम लगानीकर्ताको विश्वास रहेको देखिन्छ।

सार्वजनिक ३२ लघुवित्तमध्ये २१ लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ। ७ वटा नयाँ लघुवित्त कम्पनी यस वर्ष नेप्सेमा सूचीकृत भएका छन् भने ४ वटा कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ। 

किसान माइक्रोफाइनान्सको इपिएसमा बढी गिरावट

चालु आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय विवरणमा किसान माइक्रोफाइनान्सको इपिएसमा ७३ रुपैयाँ ७२ पैसाले गिरावट आएको छ। कम्पनीले दोस्रो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसा छ। जबकि अघिल्लो वर्षको दोस्रो त्रैमासमा ७७ रुपैयाँ ७१ पैसा कमाएको थियो।

रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम सोमबार मात्र परिर्वतन भई दोस्रो बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु भएको छ। 

कुन लघुवित्तको प्रतिसेयर आम्दानी कति?

 

दोस्रो बजारमा उच्च मूल्यमा कारोबार

नेपालको पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको भन्दा लघुवित्त संस्थाको सेयर मूल्य महँगो छ। अधिकांश बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य ५ सय रुपैयाँभन्दा कम भइरहेको बेला कुनै लघुवित्त संस्थाको सेयर मूल्य भने ३ हजारभन्दा बढी छ।

सोमबारसम्ममा सबैभन्दा बढी सेयर मूल्य फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको छ। कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ७२ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीले यही वर्षदेखि दोस्रो बजारमा कारोबार सुरु गरेको हो। 

सोमबारसम्म दोस्रो बजारमा कुन लघुवित्तको मूल्य कति?


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने