प्रदेश सांसदभन्दा सचिव र एआइजीको मर्यादा माथि (राजपत्रको सूचनासहित)

Nepal Live

काठमाडौं– सरकारले प्रदेश सांसदहरुलाई विशिष्ट श्रेणीका कर्मचारीभन्दा तल्लो मर्यादामा राखेको छ। आफूहरुलाई मर्यादामा तल पारिएको भन्दै प्रदेश सांसदहरुले असन्तुष्टि जनाएका छन्।

सरकारले राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रम अनुसार नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका कर्मचारीलाई ११ नम्बरमा राखिएको छ भने प्रदेश सांसदलाई १४ नम्बरमा राखिएको छ।

सांसद मात्र होइन प्रदेशसभामा उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेशसभाका विभिन्न समितिका सभापतिभन्दा पनि सचिव पदलाई माथि राखिएको छ।

सचिव मात्र होइन सुरक्षा निकायका एआइजी तथा सेनाका उपरथीभन्दा प्रदेश सांसदलाई तल राखिएको छ।

‘यो हामीमाथिको अपमान हो,’ एक प्रदेश सांसदले भने, ‘मर्यादाक्रममा जनताबाट निर्वाचित सांसदहरुको अपमान भएको छ।’

मर्यादाक्रम

\"\"

\"\"

\"\"

\"\"

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार