फर्स्ट माइक्रोफाइनान्सको हकप्रद फागुन १८ गतेबाट, कहाँबाट दिने आवेदन?

Nepal Live

काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ बराबर १ अनुपातको हकप्रद सेयर फागुन १८ गतेबाट निष्काशन गर्ने भएको छ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। ५० प्रतिशत हकप्रद सेयरमा माघ ८ गतेसम्म खरिद गर्ने लगानीकर्ताले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन्। 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ४५ करोड ६२ लाख रुपैयाँ छ। उक्त परिणामको हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ पुग्नेछ।

कहाँबाट दिने आवेदन?
कम्पनीले जारी गर्न लागेको हकप्रदमा ग्लोबल आइएमई क्यापिटल जमल– काठमाडौं, फर्स्ट माइक्रोफाइनान्सको ज्ञानेश्वर काठमाडौं, उर्लााबरी मोरङ, भरतपुर चितवन र आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्