ad

\'किक २\' मा सलमानकी हिरोइन ज्याकलिन कि दीपिका?  

Nepal Live

नयाँ दिल्ली (एजेन्सी)– निर्देशक साजिद नाडियाडवालाले बनाउन लागेको 'किक २' मा सलमान खान मुख्य भूमिकामा देखिने तय भइसकेको छ। तर, निर्माण युनिटलाई अभिनेत्री टुंगो लगाउन भने निकै सकस परिरहेको छ। 

फिल्ममा ज्याकलिन फर्नान्डिजले काम गर्ने चर्चा चले पनि सलमानले ज्याकलिन नरहने यसअघि नै प्रस्ट्याइसकेका छन्। सन् २०१४ मा आएको 'किक' मा ज्याकलिन देखिएकाले उनी फेरि दोहोरिने धेरैको अनुमान भए पनि सलमानले त्यसलाई गलत साबित गरिदिएका छन्। 

कलाकारहरुको चयन जारी रहँदा निर्देशकले सलमानसँग यसअघि कहिल्यै स्क्रिन सेयर नगरेकी अभिनेत्रीलाई फिल्ममा अनुबन्ध गर्न चाहेको बुझिएको छ। यसै क्रममा दीपिका पादुकोणको नाम चर्चामा आएको छ। तर, यसको सम्भावना त्यति धेरै नरहेको बलिउडका विश्लेषकहरुको आकलन छ। 

पछिल्लो समय सञ्जय लीला भन्सालीको प्रभावशाली फिल्म 'पद्मावत'मा अभिनय गरेकी दीपिकाले यसपछि केही नयाँ प्रस्तुति दिन सकिने फिल्ममा काम गर्ने चाहना राखेकी छिन्। तर, सलमान अभिनीत फिल्ममा अभिनेत्रीका लागि कुनै विशेष ठाउँ नहुने भएकाले दीपिका उनको कोस्टार नबन्ने कतिपयको विश्लेषण छ।

यसैबीच, निर्देशक नाडियाडवालाले 'किक २' मा अभिनेत्रीका लागि पनि विशेष भूमिका दिन खोजेको समाचार आएको छ। जसले गर्दा दीपिकाले समेत आफ्नो रोलमा चित्त बुझाएर फिल्म खेल्न राजी होऊन् र दर्शकले सलमान र दीपिकालाई एकसाथ देख्न सकून्।

फिल्म २०१९ को क्रिसमसमा रिलिज गर्ने योजना छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार