ad

सेयर बजारः नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो 

नेपाल लाइभ

Nepal Live

काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार परिसूचक ६ दशमलब ३२ अंकले घटेर १ हजार ३ सय ८४ दशमलब ७१ अंकको बिन्दुमा रोकिएको छ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आइतबार १ सय ५९ कम्पनीका २४ करोड ४२ लाख ६८ हजार ८ सय ३१ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। अघिल्लो साताको अन्तिम कारोबार बिहीबार २६ करोड ९१ लाख १३ हजार ७ सय ३५ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।

आइतबार ओम डेभलपमेन्ट बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको १ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। त्यस्तै, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको १ करोड ३२ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कालिका माइक्रोक्रेडिटको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य आइतबार ६ दशमलब ९५ अर्थात् १ सय ८ रुपैयाँले बढेको हो। त्यस्तै, वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर मूल्य ३ दशमलब ३९ प्रतिशतले बढेको छ। 

आइतबार बीमा समूह ४० दशमलब २२ अंकले घटेको छ भने जलविद्युत् समूह २२ दशमलब ४५ अंकले घटेको छ।

आइतबारको कारोबारमा सर्वाधिक गुमाउनेमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ९६ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य बिहीबार पनि करिब १० प्रतिशतले घटेको थियो। त्यस्तै, मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता १८ रुपैयाँ गुमाएका छन्।

आइतबार कारोबारमा आएका १० समूहमध्ये ९ समूहमा गिरावट आएको छ भने ट्रेडिङ समूहमा कुनै परिर्वतन देखिएको छैन।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने